• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १ दिन 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १ दिन 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १ दिन 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १ दिन 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १ दिन 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • २. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ३. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • ४. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • ५. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

  • ६. सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

  • ७. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • ८. जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते

  • ९. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • १०. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

असहायका छोरीको विवाहमा पत्रकार पौडेल दिए बिहेका सामाग्री र भाेजखर्च

जानकारी केन्द्र २०८२, जेष्ठ, २

बारा । अच्युत पौडेल पेशाले पत्रकार हुन् । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज समेत रहेका पौडेलले पत्रकारिता सँगै सामाजिक क्षेत्रमा समेत विगत देखिनै सक्रियता बढाउदै आएका छन् ।

पत्रकार पेसाले मात्र जिवनयापन गर्न मुश्कि हुने भएकाले पौडेलले पत्रकारका सँगै ओम बिनायक ट्राभल्समा तेस्रो पुस्ताका रुपमा सञ्चालन गर्दै आएका छन्, जसका कारण उनले सामाजिक भावले विपन्न र असाहयको निम्ति सेवा पनि दिइरहेका छन ।

पछिल्लो समय पौडेलले बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई)को छोरीको विवाहका लागि भोज सामग्री सहयोग गरेका छन् । मुटु र  क्षयराेगका बिरामी एवम् आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले करिव २ सय ५० जनालाई खान पुग्ने सामग्री र बेहुला बेहुलीको लागि पहिरनका पोशाक समेत सहयोग गरेका हुन् ।

बुधबार बिहान बारागढी गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई विवाहका सामग्री हस्तान्तरण गरेका हुन् ।

पत्रकार पौडेलले आर्थिक अभावका कारण कोही पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गर्ने गरेको बताए । उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई निकै कष्ट हुने गरेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘पेसाले म पत्रकार हुँ । संयोगवस अर्को सेवाको कार्य ट्राभल्सको लाइनमा पनि जोडिन पुगे ।’ पौडेल भने ‘म बाटो हिड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, जसका कारण समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा के योगदान दिन सक्छौं, यही कुराले पिरोलिरहयो,’ उनले भने, ‘सक्ने मान्छेले सामाजिक कार्यमा भाग लिन सक्नुपर्छ । सबै पैसा कमाउनमा लिप्त छौं, तर कसैले मद्दत किन गर्दैन्, समाजले हामीलाई धेरै दिएका छ, हामीले के दिन सक्यौं ?’

यसै कारण पौडेलले ‘विपन्न र असाहयका छोरीको विवाहमा बिहेभोजका लागि सामग्री हस्तान्तरण’ सुरु गरेका थिए । उनको उद्देश्य भनेको त्यो व्यक्ति जसको भोक मेट्ने पैसा छैन, उसलाई सहयोग गर्नु हो । भगवानलाई सधै सकेको सेवा गर्न पाउँ भनेको छु सायद त्यहीँ भएर होला आउने व्यक्तिहरूलाई सहयोग गर्न सक्ने वातावरण बनिरहेको छ ।

पौडेलका अनुसार, ‘हामीले सहयोग गरेका व्यक्तिहरूको संख्या निकै छ, यसले ठूलो सन्तुष्टि दिएको छ ।

सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले हामी जस्तो असहाय पारिवारको छोरीको बिहे पनि सहज तरिकाले गर्न पाएको बताइन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.