एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ
सञ्जय मिश्रा
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्भाले देखिनै एसपी गौतम मिश्र पुरै एक्सनमा देखिएका छन।
उनको कडा एक्सनले अपराधी र तस्कर माझ खैलाबैला मच्चिएको छ भने सानो अवधिमा प्रहरीले करोडौंको अबैध माल सामान बरामद गरेको छ।
एसपी मिश्रको सक्रियता र कडा निर्देशनले पर्सा जिल्लामा प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको छ।
विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समय देखि फरार रहेका १९५ प्रतिवादीहरूलाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरिएको एसपी मिश्रले बताएका छन्।
फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते उक्त प्रतिवादीहरूलाई पक्राउ गरी दण्ड सजाय असुलको लागि बुधवार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।
उनीहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलको लागी अदालतमा उपस्थित गराइएको छ।
एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीको लागी गर्बको अनुभूति गरिरहेको एसपी मिश्रले न्युजकारखानालाई बताए ।
एसपी मिश्रको निर्देशनमा प्रहरीले तस्करी, लागुऔषध कारोवार, नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सम्बन्धित समाचार
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

