• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ७ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ९ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ९ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • २४ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा

admin २०८२, जेष्ठ, ४

काठमाडौं ।  हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिले देखि नै भनिरहेको कुरा हो, यसमा धेरै बैज्ञानिकले सत्य बताउनका लागि अनेक खोज र तर्क गरेका छन । तर, यसैबिच नयाँ अध्ययनमा वैज्ञानिकहरूले यसको अन्त्यको मितिका बारेमा अचम्मको भविष्यवाणी गरेका छन् ।

उनीहरूका अनुसार ब्रह्माण्डको अन्त्य तब हुनेछ, जब अन्तिम ताराहरू पनि निभ्नेछ र तिनीहरूका बाँकी रहेका ब्ल्याक होल, न्यूट्रोन तारा र ह्वाइट ड्वार्फहरू पनि क्रमशः लोप हुनेछन्। वैज्ञानिकहरूले यस समयलाई १ क्विन्भिजिलियन वर्ष अर्थात् १ पछि ७८ वटा शून्य बर्षको रूपमा वर्णन गरेका छन्। 

वर्षौंदेखि वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् कि ब्रह्माण्डमा ठूलो मात्रामा आकाशीय वस्तुहरू, जस्तै ब्ल्याक होलहरू, अनिश्चित कालसम्म रहि रहने बताएका थिए । तर, १९७४ मा स्टीफन हकिङले ब्ल्याक होलहरू पनि बिस्तारै वाष्पीकरण हुन्छ र एक दिन हराउँछ भन्ने नयाँ सिद्धान्त दिए। यस प्रक्रियालाई हकिङ विकिरण भनिन्छ। 

अब नेदरल्याण्डको र्याडबाउड युनिभर्सिटीका प्रोफेसर ह्यानो फाल्के र उनको टोलीले त्यही सिद्धान्तलाई अगाडि बढाउँदै ब्ल्याक होलजस्तै अन्य भारी शरीरहरू पनि वाष्पीकरण हुन सक्ने अनुमान गरेका छन्। नयाँ अध्ययनमा यो भनिएको छ कि न्यूट्रोन ताराहरू लगभग १०⁶⁸ वर्ष पछि मर्नेछन् भने जबकि सेतो बौना जस्ता चिसो ताराहरू भने १ क्विनभिजिलियन अर्थात् १०⁷⁸ वर्षसम्म टिक्न सक्छन्। आकाश गंगाहरूको केन्द्रमा रहेको सुपरमासिभ ब्ल्याक होलहरू १०⁹⁶ वर्षसम्म बाँच्न सक्छन्। त्यति बेला सम्म ब्रह्माण्डमा नयाँ तारा बन्ने प्रक्रिया रोकिसकेको हुन्छ भने त्यहाँ कुनै प्रकाश, कुनै ऊर्जा हुनेछैन। र, यो ब्रह्माण्डको पूर्ण रूपमा अन्त्य हुनेछ।

यस अनुसन्धानका अनुसार आगामी १५० देखि २०० बिलियन वर्षमा ब्रह्माण्ड यति छिटो विस्तार हुनेछ कि हामीले अन्य आकाशगंगाहरू देख्न छाड्ने छौं। यस पछि अन्तिम ताराहरू पनि १७ ट्रिलियन वर्षमा निभ्नेछ।  वैज्ञानिकहरूले भनेका छन् कि हाम्रो सूर्य पनि करिब ५ अर्ब वर्षमा यति धेरै विस्तार हुनेछ कि पृथ्वीलाई निल्ने अवस्थामा पुग्नेछ। यसको मतलब हाम्रो सौर्यमण्डल ब्रह्माण्डको अन्त्य हुनुभन्दा धेरै अघि नै नष्ट हुनेछ।

अध्ययनले यो पनि भन्छ कि यदि प्रोटोन क्षय जस्तो प्रक्रिया सत्य साबित भयो भने, ब्रह्माण्ड चाँडै समाप्त हुन सक्छ। तर, यसबारे अनुसन्धान जारी छ र यसको कुनै ठोस प्रमाण भने छैन ।

वैज्ञानिकहरूले यो अनुसन्धान ब्रह्माण्डको अधिकतम उमेरको अनुमान मात्र भएको बताएका छन् । यो आवश्यक छैन कि चीजहरू ठ्याक्कै यस्तै हो। तर यो निश्चित छ कि ब्रह्माण्डमा रहेको सबै चीज एक दिन समाप्त हुनेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.