रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद
जानकारी केन्द्र
२०८२, जेष्ठ, ५
काठमाडौं। प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्।
‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

