हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता
मकवानपुर। हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना भएकाे छ ।
आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार जना सहभागीहरू निश्चित भइसकेको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिक रुपमा उपस्थिति भएर हुने उहाँले बताउनुभयो । हेटौँडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रयोजन रहेको प्रतियोगिताको भौतिक रुपमा हुने खेलहरू हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुने बताइएको छ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने साथै जम्मा पुरस्कार रकम १ लाख रुपैयाँ हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवा पुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउने जनाइएको छ ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

