आईपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
काठमाडौं । २०२५ मा १४ वर्षीय वैभव सूर्यवंशीले क्रिकेट जगतमा हलचल मच्चाएका छन ।
राजस्थान रोयल्सका यी युवाले ७ म्याचमा २४ छक्का प्रहार गरेर आफ्नो प्रतिभा प्रमाणित मात्र गरेनन्, भविष्यमा आइपिएलको सबैभन्दा ठूलो कीर्तिमान पनि तोड्न सक्ने देखाएका थिए । यदि वैभवले लिग चरणका सबै १४ खेल खेल्न पाएको भए उनी पक्कै पनि सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा हुने थिए । र, एक सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि उनीसँग हुने थियो ।
खासमा आईपीएल २०२५ मा राजस्थान रोयल्सको प्रदर्शन निकै खराब रह्यो । १४ खेलमा ४ जितसहित ९औँ स्थानमा रहन बाध्य भयो । वैभव सूर्यवंशीले यीमध्ये ७ खेल मात्र खेल्न पाएका थिए तर यो अवधिमा उनले उत्कृष्ट प्रदर्शन गरेर दुनियाँलाई चकित बनाउन भने सफल भए ।
नेपालको छिमेकी राज्य बिहारको समस्तीपुर जिल्लाको ताजपुर गाउँमा जन्मेका वैभव सूर्यवंशीले १९ अप्रिल २०२५ मा लखनउ सुपर जायन्ट्स विरुद्ध आफ्नो आईपीएल डेब्यू गरेका थिए। उनले पहिलो बलमा छक्का प्रहार गरेर आफ्नो निडर ब्याटिङको प्रदर्शन क्षमता प्रस्तुत गरे। यसपछि उनले गुजरात टाइटन्स विरुद्ध पनि शतक बनाउन सफल । यो आईपीएलमा भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो शतक पनि हो ।
आईपीएल २०२५ मा वैभवले ७ खेलमा २४ छक्का प्रहार गरेका थिए । यदि उनले लिग चरणका सबै १४ खेल खेलेको भए उनको छक्काको संख्या ४०–५० पुग्न सक्थ्यो भनिन्छ । जुन एक सिजनमा कुनै पनि भारतीयले सर्वाधिक छक्का प्रहार गर्ने नयाँ रेकर्ड बनाउन पर्याप्त थियो ।
हाल आईपीएलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान अभिषेक शर्माको नाममा रहेको छ, उनले गत वर्ष ४२ छक्का प्रहार गरेका थिए भने यो सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान निकोलस पुरान बनेका छन् । उनले हालसम्म ४० छक्का प्रहार गरिसकेका छन् ।
वैभव सूर्यवंशीले यी ७ खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३६.०० को औसतमा २५२ रन बनाएका थिए । यस अवधिमा उनको स्ट्राइक रेट २०६.५५ थियो। उनी यो सिजन सर्वाधिक स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यान पनि हुन् । यस सिजनमा वैभव सूर्यवंशीले शतकका साथै अर्धशतक पनि बनाएका छन् । योसँगै उनले १८ चौका पनि प्रहार गरेका थिए ।
सम्बन्धित समाचार
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
आज पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिक बदली हुने सम्भावना
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
