काठमाडौं । श्रीलंकाको कोलम्बोमा २०२५ मे २४ र २५ मा सम्पन्न ९औँ एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालबाट गएका खेलाडीहरूले तीनवटा स्वर्ण पदक जितेका छन् ।
यो प्रतियोगितामा नेपालबाट रवि शाहीको नेतृत्वमा खेलाडी र रेफ्रीहरूको टोली सहभागी भएको थियो । एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते । करिना पुरीले सिनियर कुमुते-५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् ।
खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो । नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए । सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन् ।