पञ्जाबले मुम्बईलाई ७ विकेटले हरायो, शीर्ष २ मा स्थान पक्का
काठमाडौं । पञ्जाब किंग्सले आईपीएल २०२५ को ६९ औं खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ।
यससँगै टोलीले चालू सिजनको अंक तालिकाको शीर्ष २ मा आफ्नो स्थान सुरक्षित गरेको छ। हाल टोली १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पञ्जाबले अब मे २९ मा क्वालिफायर– १ खेल्नेछ। अर्कोतर्फ यो हारपछि मुम्बईले मे ३० मा एलिमिनेटर खेल्नु पर्नेछ।
जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो भने पञ्जाबले १८.३ ओभरमा तीन विकेट गुमाएर १८५ रनको लक्ष्य पुरा गरेको हो ।
कप्तान श्रेयस अय्यरले ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनी १६ बलमा २६ रन बनाएर अविजित रहेका थिए भने जोस इन्ग्लिस (७३ रन) र प्रियांश आर्य (६२ रन) ले अर्धशतक बनाए । दुवैले शतकीय साझेदारी गरेका हुन् । मिचेल सान्टनरले दुई विकेट लिदाँ जसप्रित बुमराहले एक विकेट लिए ।
मुम्बईका लागि सूर्यकुमार यादवले ३९ बलमा ५७ रनको इनिङ खेले भने उनले ६ चौका र २ छक्का प्रहार गरे । साथै, बाँकी ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन् । पञ्जाबका अर्शदीप सिंह, मार्को यान्सन र विजयकुमार वैशाखले २–२ विकेट लिएका थिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

