मकवानपुरमा ब्रेक फेल भएको बसले ठक्कर दिदाँ ३ को मृत्यु,४ घाइते
जानकारी केन्द्र
२०८२, जेष्ठ, १४
मकवानपुर । ब्रेक फेल भएको गाडीले ठक्कर दिदाँ तीनजनाको मृत्यु भएको छ। थाहा नगरपालिका–३ मा सडकमा ब्रेक फेल भएको सवारी दुर्घटना हुँदा ३ को मृत्यु तथा ४ जना घाइते हुन पुगेका छन् ।
सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको हो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर, काठमाडौंमा तथा बाँकी अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ । प्रहरीले बस चालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


