मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु
सर्लाही । सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाईकल चालक मलंगवा नगरपालिका ४ बस्ने कैलाश रायको छोरा बर्ष ३५ को घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।
दुर्घटनामा परी चालक रायको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागी बरहथवास्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।
घाईतेको अवस्था गम्भीर भएपछि थप उपचारको लगी एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई डक्टर द्वारा मृत घोषणा भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको मोटरसाईकल ईलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

