कहिलेसम्म चल्छ फेस अफ नेपाल २०२५ को अडिसन?
काठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ को यतिबेला अडिसन भइरहेको छ।
काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा विगत पाँच दिनदेखि फिजिकल अडिसन भइरहेको हो।
आयोजक एमएस प्रोडक्सन नेपालका अनुसार अहिलेसम्म झण्डै ३० जनाको अडिसन भइसकेको र अबको केहिदिनसम्म अडिसन जारी रहनेछ। फेस अफ नेपाल २०२५ का लागी प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरिएको छ।
प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। त्यसैले पनि अडिसनमा आउनेहरू उत्साहित देखिएका छन् र संख्यात्मक हिसाबमा अडिसनमा धेरै सहभागी भइरहेका छन्। यो बर्षबाट जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन्।
फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारण मात्रै आफूमा भएको अन्य ट्यालेन्टलाई मर्न नदिन फेस अफ नेपालमा यसपटकबाट उचाईको मापदण्ड हटाइएको जानकारी गराएकी छन्।
उनले उमेरमा भने १६ वर्ष भन्दा र ३० वर्षसम्मकाले सहभागीता जनाउन सक्ने जानकारी दिइन्। फेस अफ नेपालका बिजेताहरुले कोरियामा हुने प्रतियोगीतामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन्।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

