मौलापुरका जनतालाई ‘फ्री बिजुली, फ्री पानी’, नगरपालिकाले तिरिदियो ३ करोड बढी
रौतहट। रौतहटको मौलापुर नगरपालिकाले देशकै उदाहरणीय ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ।
नगर प्रमुख रिना कुमारी साहले हालै प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । यो रकम चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका लागि प्रदान गरिएको हो।
यसअघि नै २ करोड ५७ लाख १० हजार निकासा गरिसकेको नगरपालिकाले हालसम्म यो योजनामा कुल ३ करोड १७ लाख १० हजार खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए ।
प्राधिकरणका अनुसार, हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान छ। शून्य कर नीतिअन्तर्गत मौलापुरले नागरिकलाई घरायसी र कृषि प्रयोजनका सबै प्रकारका बिजुली महसुलबाट पूर्णतः मुक्त गराउँदै आएको छ।
सामान्य प्रशासनिक संरचनाले कर संकलन गरी सेवा प्रवाह गर्ने चलनलाई चुनौती दिँदै मौलापुरले निःशुल्क आधारभूत सेवा वितरणको नयाँ मापदण्ड स्थापना गरेको छ।
नगर प्रमुख साहको दूरदृष्टिपूर्ण, पारदर्शी र समर्पित नेतृत्वले नगरवासीमा सशक्त र आत्मनिर्भर नागरिकको अनुभूति दिलाएको छ। ूअपन नगर, मौलापुर नगरू नाराले जनतामा विशेष भरोसा र अपनत्व बढाएको छ।
यस प्रकारका योजनाहरूले स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र सेवा केन्द्रित शासनको नमूना प्रस्तुत गर्दै अन्य पालिकाहरूलाई समेत अनुकरणीय प्रेरणा दिन सक्छन्।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
