शेयर बजारमा दोहोरो अंकको वृद्धि
जानकारी केन्द्र
२०८२, असार, १८
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेपाल शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३४.६० अंकले वृद्धि भई २६९५ को बिन्दुमा पुगेको छ।
आजको बजार सुधारसँगै ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरका शेयरहरूमा सकारात्मक सर्किट लागेको छ ।यी कम्पनीका लगानीकर्ताहरूले आज मुनाफा सुरक्षित गर्न सफल भएका छन्।
त्यस्तै, अन्य प्रमुख कम्पनीहरूको शेयर मूल्य पनि उल्लेखनीय रुपमा बढेको छ। नेपाल इन्स्योरेन्सको शेयर मूल्य ९.८२ प्रतिशत, गुराँस लघुवित्तको ९.१५ प्रतिशत, सिन्धु विकास बैंकको ८.९२ प्रतिशत, र कपार्गेरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशतले वृद्धि भएको छ।
शेयर बजारमा देखिएको यस्तो सुधारले लगानीकर्ताहरूबीच उत्साह थपिएको छ भने आगामी दिनहरूमा पनि सकारात्मक प्रवृत्ति कायम रहने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
