• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ६ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ८ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ९ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • २३ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • २४ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

जानकारी केन्द्र २०८२, असार, २३

तेह्रथुम । तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू-भागमा अवस्थित सुन्दर जिल्ला हो। यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ।

हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ।

मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ। आङ्दिमको शिरमा रहेको यो पोखरी कोशी राजमार्ग हुँदै गाडीबाट धनकुटाको सिधुवा बजारदेखि सिधुवा-शुक्रबारे सडकखण्ड हुँदै चारमाने चोक आइपुग्न सकिन्छ। त्यस्तै, छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे बजारबाट शुक्रबारे-सिधुवा सडकखण्ड हुँदै चारमाने चोकसम्म करिब ३० मिनेट पैदल हिँडेर वा मोटरसाइकलबाट घुमाउरो कच्ची बाटो हुँदै पोखरीसम्म पुग्न सकिन्छ।

पोखरी वरपरको क्षेत्र हरियाली जंगलले ढाकिएको छ, जसले गर्दा वातावरण शान्त, स्वच्छ र शीतल महसुस हुने गर्दछ। पोखरीसम्म पुग्ने यात्रामा पहाडको रमणीय दृश्य, चराचुरुङ्गीको चिरबिर आवाज र चिसो बतासले यात्रालाई अझ सुखद र अविस्मरणिय बनाउँदछ।

मार्गा पोखरीको प्राकृतिक विशेषता
मार्गा पोखरीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको पानी कहिल्यै सुक्दैन। वर्षा होस् वा खडेरी, पोखरीमा पानीको सतह स्थिर र शान्त हुन्छ।

पोखरीको पानी क्रिस्टलजस्तो सफा हुन्छ र सतहबाट तलसम्म देखिन्छ। स्थानीय जनविश्वास अनुसार यस पोखरीमा झरेका पातहरू एक विशेष किसिमका चराले सफा गर्छन् भन्ने किम्बदन्ती छ।

यो पोखरीको आकृति गोलाकारजस्तो छ र वरिपरि सानो सानो झाडी तथा रुखहरू छन्। चारैतिरबाट हरियालीले घेरेको यो पोखरी गर्मी समयमा समेत शितलता प्रदान गर्ने स्थानको रुपमा चिनिन्छ। यहाँ आउने जोकोहीलाई शारीरिक थकान हट्नुका साथै मानसिक शान्ति मिल्ने गर्छ।

धार्मिक र सांस्कृतिक महत्व
मार्गा पोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो स्थानले धार्मिक आस्था र परम्परासँग पनि गहिरो सम्बन्ध राख्दछ। यो पोखरी भगवती देवीको बासस्थानको रुपमा मानिन्छ।

जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। टाढा-टाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न, ब्रत बस्न, भाकल गर्न तथा स्नान गर्न आउँछन्। यो क्षेत्रमा शेर्पा समुदायको बाक्लो बस्ती भएकाले पोखरीको नजिकै पूर्वकै पहिलो मालिङ गुम्बासमेत रहेको छ। शेर्पा समुदायको खानपान संस्कार संस्कृति रीतिरिवाज समेत यस क्षेत्रमा हेर्न पाइने गरेको छ।

स्थानीय जनविश्वास अनुसार यस पोखरीमा स्नान गरेमा पापमोचन हुन्छ र सच्चा मनले मागेको वरदान अवश्य पूरा हुन्छ। यसैले धेरै धामी-झाँक्री, साधक तथा साधारण भक्तजनले पनि यहाँ आएर तपस्या, ध्यान र पूजा गर्ने परम्परा रहेको छ।

पर्यटकीय सम्भावना
यो पोखरी केवल धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्भावना बोकेको स्थल हो। पोखरीको वातावरण अत्यन्त रमणीय छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ। पहाडबाट देखिने रमाइला दृश्य, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र ऐतिहासिकता मिसिएको यो पर्यटकका लागी स्थान एक आदर्श गन्तव्य बन्न सक्छ।

कोशी प्रदेश सरकार र स्थानीय तहले यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना ल्याउन सके यहाँ होमस्टे सञ्चालन, गाइड तालिम, स्थानीय उत्पादनको प्रवर्द्धन, धार्मिक पर्यटनको विकास लगायत विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पर्दछ।

मार्गा पोखरी तेह्रथुम जिल्लाको एक अनुपम पर्यटकीय र धार्मिक स्थल हो। यसको संरक्षण र प्रवद्र्धनले छथर गाउँपालिकाको मात्र नभइ सिंगो जिल्लाको पहिचान निर्माणमा योगदान पुर्‍याउन सक्छ ।

यहाँका प्रमुख सुधारका क्षेत्रहरू
-स्थायी संरचना (पैदलमार्ग निमार्ण, धर्मशाला, पार्किङ निर्माण
-विज्ञापन तथा प्रचारप्रसारको अभाव अन्त्य हुनु पर्दछ।
-स्थानीय गाइड तथा होमस्टे व्यवस्थापनको तालिम स्थानीयलाई प्रदान गर्नुपर्ने देखिन्छ।
-पर्यावरणीय संरक्षणका लागि बृक्षरोपण, फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
-वार्षिक मेलालाई व्यवस्थित ढंगले आयोजना गर्ने र गराउने कार्यलाई प्राथमिकता प्रदान गर्नुपर्ने देखिन्छ।

मार्गा पोखरी केवल पोखरी मात्र होइन, यो प्राकृतिक वरदान, धार्मिक आस्था र पर्यटन सम्भावनाको त्रिवेणी हो। यसलाई संरक्षित गर्दै विकास गर्ने हो भने छथर गाउँपालिकाको मुख्य आम्दानीको स्रोत बन्नेमा दुईमत छैन। साथै तेह्रथुमको समग्र पहिचान नै पर्यटकिय स्थलको मुख्य केन्द्रको रुपमा प्रस्तुत गर्न सकिन्छ।

  • मार्गा पोखरी
  • मार्गा पोखरी छथर
  • मार्गा पोखरी तेह्रथुम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.