Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

नेप्से परिसूचकमा २७ अंकको वृद्धि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, असार, २६
नेप्से परिसूचकमा २७ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २७.१५ अंकले बढेर २७३३.०६ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३१२ वटा कम्पनीका कुल २ करोड ६४ लाख ७० हजार कित्ता शेयर खरिद–बिक्री भएका छन्। यसबाट कुल कारोबार रकम ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

बजार समूहगत सूचकांक हेर्दा वाणिज्य बैंक समूहमा सर्वाधिक ३.१५ प्रतिशतले वृद्धि देखिएको छ। त्यसैगरी विकास बैंक समूह १.२३ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.७५ प्रतिशतले, फाइनान्स समूह ०.७४ प्रतिशतले, होटल तथा पर्यटन समूह ०.२६ प्रतिशतले, इन्भेष्टमेन्ट समूह ०.१९ प्रतिशतले र जीवन बीमा समूह पनि ०.१९ प्रतिशतले बढेका छन्।

यता, व्यापार समूह र केही माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य भने घटेको देखिएको छ। कारोबार रकम, सूचकांक वृद्धिदर तथा समूहगत वृद्धिले लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ।

Top Changing Nepal

युट्युब सट्स