युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु
बार्सिलोना । यस बर्ष युरोपमा अत्यधिक गर्मी महशुश गरिएको छ। जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढे पछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ।
गत बिहिवार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरू अत्यधिक रूपमा गर्मी बढेको निष्कर्ष निकालिएको थियो ।
जसअनुसार स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने फ्रान्समा जंगलमा आगलागी भएको छ । अध्ययनमा बार्सिलोना, म्याड्रिड, लन्डन र मिलान लगायत १२ सहरलाई समावेश गरिएको थियो, जहाँ तापक्रम यस बर्ष मात्रै औसत रूपमा ४ डिग्री सेल्सियससम्म बढेको थियो।
इम्पेरियल कलेज लन्डन र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस अवधिमा अनुमानित २ हजार ३०० मृत्यु मध्ये १ हजार ५०० जलवायु परिवर्तनसँग सम्बन्धित थिए, जसले तातो लहरलाई थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।
इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता डा बेन क्लार्कले जलवायु परिवर्तनले यसलाई पहिलेको तुलनामा धेरै तातो बनाएको जनाएका छन् र यसलाई अझ खतरनाक बनाउँदै लैजाने चेतावनी पनि उनले दिएका छन् ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
