भटमास र सनफ्लावर तेलले बढायो निर्यात,निर्यातमा ८१ प्रतिशत वृद्धि
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको थियो।
गत वर्षको तुलनामा निर्याततर्फ भने उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार २०८१/८२ मा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको तुलनामा ८१.८० प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार भारतमा भटमास र सनफ्लावर तेलको निर्यात बढेपछि समग्र निर्यात वृद्धिमा सहयोग पुगेको हो। २०८१/८२ मा मात्र १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल र १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सनफ्लावर तेल निर्यात गरिएको छ।
गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि निर्यात बढे पनि व्यापार घाटा अझै बढ्दो देखिएको छ। २०८१र८२ मा कुल १५ खर्ब २७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ४० अर्ब घाटाको तुलनामा ६ प्रतिशतले बढी हो।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

