‘सन अफ सरदारः२’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुःखी
मुम्बई । अजय देवगन र मृणाल ठाकुरको फिल्म ‘सन अफ सरदार २’ यतिबेला निकै चर्चामा रहेको छ।
हालै उनको फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसका लागि एक्शन हिरो अजय देवगनका फ्यानहरुले उनलाई बधाई दिइरहेका छन् ।
यस्तो अवस्थामा सञ्जय दत्तले अजय देवगनलाई यो फिल्मका लागि बधाई दिएका छन् र पोस्टमा आफ्नो हृदयदेखि लेखेका छन् । अभिनेता सञ्जय दत्तले फिल्म ‘सन अफ सरदार २’का लागि अजय देवगनलाई बधाई दिँदै मनको कुरा लेखेका हुन् ।
सञ्जय दत्तले इन्स्टाग्राम पोष्टको क्याप्सनमा लेखेका छन्, ‘बधाई छ राजुलाई सन अफ सरदार २, हामीले सँगै गरेको भए झनै रमाइलो हुने थियो।’
अजयले फेरि कमेन्टमा लेखे, ‘धन्यवाद सञ्जु।’ जहाँ देवगन फिल्म्सको ह्यान्डलबाट लेखिएको थियो, ‘ओ बिल्लु पाजी। मलाई कहिलेकाहीँ हाँस्न दिनुहोस्।’
‘सन अफ सरदार’को पहिलो भागमा मा सञ्जय दत्त र अजय देवगन एकअर्काको विरुद्धमा देखिएका थिए । सन् २०१२ मा सिनेमाघरमा रिलिज भएको यो फिल्ममा सञ्जय दत्तले बलविन्दर सिंह सन्धु अर्थात् बिल्लुको भूमिका निभाएका थिए । जहाँ अजय देवगनले जसविन्दर सिंह रन्धावा अर्थात् जस्सीको भूमिका निभाएका छन् । सो कथामा यी दुईबीच पुरानो पारिवारिक शत्रुता थियो ।
‘सन अफ सरदार २’ यसअघि २५ जुलाईमा रिलिज हुने भनिएको थियो तर ‘सायरा’का कारण यसको रिलिज स्थगित भएको छ । अब यो अगस्ट १ मा सिनेमाघरमा रिलिज हुँदैछ। यसको पहिलो भागमा सञ्जय दत्त देखिएका थिए, जसको स्थानमा अब रवि किशनले अभिनय गरेका छन् ।
फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएपछि बाबाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

