काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत नगर प्रहरी प्रमुख राजु पाण्डेले असार ३२ गतेको नगर सभाको निर्णय अनुसार श्रावण ९ गतेदेखि एक महिना प्रचारप्रसार गर्ने र भदौ १ गतेदेखि कार्यान्वयन सुरु हुने जानकारी दिए।
धुम्रपान गर्नेलाई पहिलो पटक ५ सय र दोहोरिएमा जरिवाना दोब्बर गरिनेछ। त्यस्तै, तोकिएको स्थान बाहेक सवारी पार्किङ गरेमा मोटरसाइकललाई १ हजार, काररभ्यानलाई २५ सय, मिनीट्रकलाई ३५ सय र बसरट्रकलाई ५ हजार जरिवाना गरिनेछ।
सार्वजनिक स्थानमा पम्प्लेट, पोस्टर टाँस्ने वा फोहर गर्ने कार्यमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने र गल्ती दोहोरिएमा दोब्बर गरिने व्यवस्था गरिएको छ।