महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
जानकारी केन्द्र
२०८२, श्रावण, १८
महोत्तरी । लामो खडेरीले पीडित महोत्तरीका किसान पछिल्ला दिनमा परेको वर्षाले खुसी भएका छन्। सोमबारयता लगातार परेको पानीले धान, उखु, सागसब्जी, मकै र कोदो लगायत बालीमा राहत पुगेको छ।
भङ्गाहा–३ का किसान विजय यादवका अनुसार, इनार र बोरिङबाट रोपिएको धानमा जाग्ने संकेत देखिएको छ। बर्दिबास–७ का किसान रामउद्गार महतोले पहेँलिएको रोपो हरियाली फर्किएको बताए। तर, अझै धान रोपाइँ थप गर्न गह्रामा भरिने पानी आवश्यक रहेको किसानहरू बताउँछन्। जिल्लामा कूल ४२ हजार ५०० हेक्टर धानयोग्य जमिन भए पनि हालसम्म ३५ प्रतिशतमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

