मोरङ। पथरी शनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले निरजको घर तलासी गर्दा उक्त सिङ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सव डिभिजन वन कार्यालय पथरी पठाइएको छ ।