दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) यसै साता बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, साता बीचतिर आईपीओ बाँडफाँटको तयारी भइरहेको छ।
कम्पनीको आईपीओमा कुल २ लाख ४२ हजार ३१८ जनाले १०.१० कित्ताका दरले शेयर पाउनेछन्। यसमध्ये पाँच जनाले थप एक कित्ता गरी ११ कित्ता शेयर हात पार्नेछन्।
दरमखोलाले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता शेयर वितरण गरिएको छ।
बाकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषलाई, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखिएको छ। बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आईपीओको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

