राजमैलीको नयाँ फिल्मको नाम ‘जेन ६३’ हुने, २०२७ मा रिलिज हुने
हैदराबाद । माभेरिक निर्देशक एसएस राजामौलीले अन्ततः आफ्नो सुपरस्टार महेश बाबुसँगको अर्को फिल्मको टिजर नोभेम्बर २०२५ मा सार्वजनिक गरिने बताएका छन् ।
उनले वाचा गरे कि विश्वभरका दर्शकहरू यसअघि पहिले कहिल्यै नदेखेको दृश्यहरू देख्नेछन् ।
पिपिङमुनको पछिल्लो रिपोर्ट अनुसार, फिल्मको शीर्षक ‘जेन ६३’ राखिएको छ। यो महेश बाबुको चरित्रबाट लिइएको एउटा नाम हो, जसले दुर्लभ र शक्तिशाली कलाकृतिहरूको खोजीमा ६३ औं पुस्ताको एक सम्मानित वंशको व्यक्तिको भूमिका निर्वाह गर्दछ। यसअघि सो फिल्मको नाम ‘एसएसएमबी २९’ भनिदै आएको थियो तर सो नामबारेमा राजामौली र उनको टिमलेले औपचारिक रूपमा यो नै नाम हो भनेर सार्बजनिक गरेका थिएनन् । बिभिन्न स्रोत उधृत गर्दै सो नाम भनिदै आएको थियो ।
रिपोर्ट अनुसार यो चलचित्र महाकाव्य रामायणमा गहिरो जरा गाडिएको छ, विज्ञान कथा तत्वहरूसहित। यो कथित रूपमा प्राचीन पवित्र शहर काशीमा सेट गरिएको छ, जुन यसको ऐतिहासिक र सांस्कृतिक महत्वको लागि सम्मानित छ।
महेश बाबुले आफ्नो चरित्रको विकासलाई प्रतिबिम्बित गर्ने धेरै लुक्सहरू दिनेछन् भने प्रियंका चोपडा, जसले महिला मुख्य भूमिका निर्वाह गरिरहेकी छिन, उनी यसमा एक निडर अन्वेषकको भूमिका निर्वाह गरिरहेकी देखिने छिन् । मलयालम स्टार पृथ्वीराज सुकुमारनले यो ग्लोब ट्रटिंग फिल्ममा खलनायकका भूमिकामा देखिएका छन् ।
‘जेन ६३’ को शुट २०२६ को गर्मीमा समापन हुने अपेक्षा गरिएको छ र निर्माताहरूले धेरै भारतीय र अन्तर्राष्ट्रिय भाषाहरूमा २०२७मा रिलिज गर्ने तयारी गरिरहेका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
