ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको बैंकको मुनाफा यस वर्ष १.१० प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। कुल आम्दानी भने २० अर्ब ६५ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
तर बैंकको सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि १६.९९ रुपैयाँबाट घटेर १६.२८ रुपैयाँमा पुगेको छ।
चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २४ अर्ब १० करोड रुपैयाँ छ। वितरणयोग्य नाफा अघिल्लो वर्षको ५० करोड ६७ लाख रुपैयाँबाट ९६१.६० प्रतिशतले बढ्दै ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ कायम भएको छ। बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


