आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भईरहेको छ।
दिउँसो गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

