काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेका अतिरिक्त तरलता व्यवस्थापन गर्न आज फेरि ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतममा ५ करोडको गुणकमा भाग गर्न सक्नेछन्।
निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
३१ दिने यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असोज १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।