• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

नाडा २०२५ मा विशेष लन्च मूल्य रु. ३७.९९ लाखबाट सुरु हुने गरी नयाँ नामी भिगो सार्वजनिक

जानकारी केन्द्र २०८२, भाद्र, ४

काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको बताइएको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू,अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाईपुनः परिभाषित गर्न तयार रहेको पनि कम्पनिले जनाएको छ।

नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको जनाइएको छ भने यो इ २ र इ २ प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ, जसमध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको बताइएको छ।

नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथमा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्याएको जनाइएको छ। यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरी सीट समावेश छ। डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्ट लाइटिङ छ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउने कम्पनिको दाबि रहेको छ । चार्जिङको लागि यसले ३ सि फास्ट चार्जिङ (१६७ डिसि) सपोर्ट गर्छ, जसले ३०५ बाट ८०५ चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेक यात्रालाई रमाइलो बनाउन र आउटडुअर फनका लागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध रहेको बताइएको छ।

त्यस्तै, नामी ०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ। यसमा लेभल २ एडास, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेड र भेन्टिलेटेड सिट रहेको जनाइएको छ । कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र आर १८ टायर, अटोमेटिक हारलो बीम हेडलाइट र हेडलाइट डिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ। यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध रहेको कम्पनिले जनाएको छ। अडाप्टिभ क्रुज कन्ट्रोल र ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरूसहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको बताइएको छ ।

नामी भिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिक क्युब” एक्सटेरियर, टि-आकारका एलईडी हेडलाइट, ट्राइएंगुलर पिक्सेल टेललाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरियर पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्ट र स्मार्ट केबिन, १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई(फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटा मुनरुफ (इ २ प्लस ) र एउटा ३६०ं क्यामरा समावेश रहेको जनाइएको छ।

नामी भिगो इ २ भेरियन्टको लन्च मूल्य रु.३८,९९,००० र इ २ प्लस भेरियन्टको लागि रु. ४१,९९,००० रहेको छ। नाडा अटो शोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको र शोको अवधिमा, नामी भिगो इ २ भेरियन्ट रु. ३७,९९,००० मा र इ २ प्लस भेरियन्ट रु. ४०,९९,००० मा पनि उपलब्ध हुने बताइएको छ।

नाडा अटो शो २०२५ का आगन्तुकहरूलाई नामी भिगोको प्रत्यक्ष अनुभव गर्न र नेपालको विद्युतीय गतिशीलता क्रान्तिको अर्को कदमको साक्षी बन्न आमन्त्रण गरिएको कम्पनिले जनाएको छ।

  • NADA
  • नामी
  • नामी भिगो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.