Jankari Kendra
१८ आश्विन २०८३, आईतवार
Worldlink

‘मिस एण्ड मिसेस तीज–२०२५’ बनिन् करिस्मा र तिल कुमारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ८
‘मिस एण्ड मिसेस तीज–२०२५’ बनिन् करिस्मा र तिल कुमारी

काठमाडौं । करिस्मा शाही र तिल कुमारी थापा ‘मिस एण्ड मिसेस तीज–२०२५’ घोषित भएका छन्।

स्नो सञ्चार प्रोडक्सनको आयोजनामा शनिबार काठमाडौंमा आयोजित फिनालेमा शाहीले मिस तीज र थापाले मिसेस तीजको ताज हात पारेका हुन्। शनिबारनै ‘मिस्टर तथा मिस लिटिल स्नोज नेपाल–२०२५’ को विजेतासमेत घोषणा गरिएको छ।

सोहित महर्जन (ग्रुप बी) र कौशल चौधरी (ग्रुप ए) मिस्टर लिटिल स्नोज नेपाल घोषित भए भने सुयना खड्का (ग्रुप बी) र अनिवा जिमी(ग्रुप ए)ले मिस लिटिल स्नोज नेपालको उपाधि जिते। विजेताहरुलाई नगद सहित पुरस्कृत गरिएको छ।विजेताले आगामी अक्टोवरमा फिलिपिन्समा हुने कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने योङगेष्ट इभेन्ट अर्गनाइजर एवम् स्नो सञ्चार प्रोडक्सनका सिइओ सम्भव क्षेत्री राउतले जानकारी दिए।

Top Changing Nepal

युट्युब सट्स