टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
काठमाडौं । दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.र एनआइसी एसिया बैंक लिमिटेड बीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्ने जनाइएको छ।
यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट समेत उपलब्ध हुनेछ भने उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुने बताइएको छ।
कम्पनीका अनुसार,दशैंलाई लक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा युटिएसका डिपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी.ले हस्ताक्षर गरेका जनाइएको छ।
सम्बन्धित समाचार
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

