एआईजी केसी अचानक जिल्ला प्रहरी कार्यालय रौतहटमा
रौतहट । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज कुमार के.सी.को नेतृत्वमा आएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन सम्पन्न गरेको छ।
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” अन्तर्गत भएको सो निरीक्षण कार्यक्रममा डिआईजी उमा प्रसाद चतुर्वेदीसहितको टोलीको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा एआईजी डा. के.सी.ले संगठनको निर्देशनअनुसार शिस्तबद्ध र दक्षतापूर्वक कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी सेवामा थप पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको बताएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीका अनुसार उच्च स्तरीय टोलीले कार्यालयका समग्र गतिविधि, भौतिक संरचना, प्रशासनिक कार्यसम्पादन र सार्वजनिक सुरक्षा व्यवस्थाबारे मूल्याङ्कन गरेको छ।
यस निरीक्षणलाई जिल्लामा शान्ति–सुरक्षा मजबुत बनाउन र प्रहरी सेवामा सुधार ल्याउन सकारात्मक कदमका रूपमा लिइएको छ।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

