दर्जनबढि देशमा ‘जेरी अन टप’काे टिजर ट्रेन्डिङमा
काठमाडौं । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ ।
युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्र स्थान ओगटेको छ । विदेशका यो फिल्मको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ ।
युट्यूव, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक्सन भिडियोमा यो फिल्म बहु–प्रतिक्षितका शब्दहरू व्यक्त भएका छन् । सगरमाथा आरोहणको कथा जोडिएको यो फिल्ममा समावेश दृश्यहरू, कलाकारको अभिनय कला, व्याकग्राउण्ड म्युजिक, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन् ।
सरोज न्यौपानेको प्रस्तुति र सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्म आगामी असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
यो फिल्ममा युवापुस्ताका चर्चित अनि सफल अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकार शीर्ष अभिनयमा छन् । अभिनेता अनमोलले दर्शक तथा शुभचिन्तकबाट प्राप्त प्रेममा खुशी साट्दै धन्यवाद ज्ञापन गरेका छन् ।
‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।
यो फिल्मलाई नेपालभित्र रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागत र फ्रण्टलाइनर स्टारकास्ट समावेश यो फिल्मलाई वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

