काठमाडौं । न्यू इनर्जी भेइकल (एनइभी ) निर्माता लिपमोटरले आजसम्म कुल ९ लाख वाहन वितरण पार गरेको घोषणा गरेको छ । यसले कम्पनीको विश्वव्यापी इलेक्ट्रिक वाहन बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, लिपमोटरले यस वर्षको पहिलो छ महिनामा अभूतपूर्व प्रदर्शन देखाएको छ , जसले घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा यसको बढ्दो गति र लोकप्रियता दर्शाउँछ । यसै वर्ष, लिपमोटरले ‘फोच्र्युन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको बताइएको छ ।
लिपमोटरले आफ्नो नवीनता , पहुँचयोग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको जनाएको छ । कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ । यस साझेदारी अन्तर्गत लिपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ , जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनको जिम्मेवारी लिनेछ ।
लिपमोटरले युरोप , मध्यपूर्व र अफ्रिका तथा एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार, विश्वभरमा ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरेर, कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन (एनईभी) ब्रान्डहरूबीच विदेशी विस्तारको गति र परिमाणमा नयाँ मापदण्ड स्थापित गरेको छ।
नेपालमा, लिपमोटरले आकर्षक डिजाइन , आधुनिक सुविधा र किफायती मूल्य मार्फत ग्राहकहरूको ध्यान आकर्षित गर्दै आएको बताएको छ । कम्पनीले नेपाली बजारमा हाल सी१०, बी१० र टी०३ मोडल उपलब्ध गराउँदै आएको जनाएको छ।
सांग्रिला मोटर्स प्रा. लि. गोल्छा अर्गनिजेसन अन्तर्गत , सन् २०१७ देखि पूजो , २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटरको एकमात्र अधिकृत आयातकर्ता रहेको छ । कम्पनी नेपालको बजारका विकासशील आवश्यकताहरूसँग मेल खाने नवीन , स्टाइलिश र वातावरणमैत्री वाहनहरू ल्याउन प्रतिबद्ध रहेको बताइएको छ ।