लिपमोटरको विश्वव्यापी बजारमा ९ लाख वाहन वितरणको सफलता
काठमाडौं । न्यू इनर्जी भेइकल (एनइभी ) निर्माता लिपमोटरले आजसम्म कुल ९ लाख वाहन वितरण पार गरेको घोषणा गरेको छ । यसले कम्पनीको विश्वव्यापी इलेक्ट्रिक वाहन बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, लिपमोटरले यस वर्षको पहिलो छ महिनामा अभूतपूर्व प्रदर्शन देखाएको छ , जसले घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा यसको बढ्दो गति र लोकप्रियता दर्शाउँछ । यसै वर्ष, लिपमोटरले ‘फोच्र्युन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको बताइएको छ ।
लिपमोटरले आफ्नो नवीनता , पहुँचयोग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको जनाएको छ । कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ । यस साझेदारी अन्तर्गत लिपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ , जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनको जिम्मेवारी लिनेछ ।
लिपमोटरले युरोप , मध्यपूर्व र अफ्रिका तथा एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार, विश्वभरमा ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरेर, कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन (एनईभी) ब्रान्डहरूबीच विदेशी विस्तारको गति र परिमाणमा नयाँ मापदण्ड स्थापित गरेको छ।
नेपालमा, लिपमोटरले आकर्षक डिजाइन , आधुनिक सुविधा र किफायती मूल्य मार्फत ग्राहकहरूको ध्यान आकर्षित गर्दै आएको बताएको छ । कम्पनीले नेपाली बजारमा हाल सी१०, बी१० र टी०३ मोडल उपलब्ध गराउँदै आएको जनाएको छ।
सांग्रिला मोटर्स प्रा. लि. गोल्छा अर्गनिजेसन अन्तर्गत , सन् २०१७ देखि पूजो , २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटरको एकमात्र अधिकृत आयातकर्ता रहेको छ । कम्पनी नेपालको बजारका विकासशील आवश्यकताहरूसँग मेल खाने नवीन , स्टाइलिश र वातावरणमैत्री वाहनहरू ल्याउन प्रतिबद्ध रहेको बताइएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

