अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि ५५ अर्ब रुपैयाँ तान्ने
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तानिरहेको छ। यसै क्रममा आज (आइतबार) पनि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यसमा सहभागी हुन पाउनेछन्।
निक्षेप दिन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा आवेदन दिन सक्ने व्यवस्था छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यो २१ दिने निक्षेप संकलन उपकरण हो, जसको साँवा तथा ब्याज भुक्तानी आगामी असोज ५ गते हुनेछ।
पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको छ। यसै कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भएका छन्।
सम्बन्धित समाचार
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


