• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ जेठ २०८३, मङ्गलबार
२६ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • १ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • १ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • १ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • २ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ३ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ३ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ३ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • ४ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

  • ४. रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’

  • ५. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ६. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • ७. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

  • ८. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • ९. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • १०. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

जग्गनाथ मन्दिर, जहाँ भगवान श्रीकृष्णले गरेका थिए देहत्याग

जानकारी केन्द्र २०८२, भाद्र, १६

पूरी। पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ। यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन समयका राजा इन्द्रद्युम्नले गरेको विश्वास गरिन्छ।

भगवान जगन्नाथलाई समर्पित यस मन्दिरको वार्षिक रथयात्रा विश्वप्रसिद्ध छ। इतिहासमा यस मन्दिरले धेरै आक्रमण र पुनर्निर्माणको सामना गरेको छ, जसमा १६औँ शताब्दीमा कालापहाडको आक्रमण सबैभन्दा चर्चित मानिन्छ।

प्रारम्भिक इतिहास र किंवदन्ती
महाभारतकालीन राजा इन्द्रद्युम्नलाई भगवान जगन्नाथको प्रारम्भिक मन्दिर निर्माता मानिन्छ। कथाअनुसार उनले भगवान विष्णुको अवतार नीलमाधवको मूर्ति पत्ता लगाई मन्दिरको आधारशिला राखेका थिए। भनिन्छ, भील सरदार विश्वासु नील पर्वतको गुफाभित्र नीलमाधवको पूजा गर्थे।

मन्दिरमा भगवान जगन्नाथ, उनका दाजु बलभद्र र बहिनी सुभद्राका काठका मूर्तिहरू स्थापित छन्, जुन प्रत्येक १२ देखि १९ वर्षमा एकपटक बदलिन्छन्।

निर्माण र पुनर्निर्माण
गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले सन् ११३५ मा मन्दिर निर्माण सुरु गरी सन् ११५० मा सम्पन्न गरेका थिए।
पछि राजा अनंगभीमले सन् ११९७ मा यसलाई हालको स्वरूप दिएका थिए।

आक्रमण र पुनर्स्थापना
सन् १५५८ मा अफगान सेनापति कालापहाडले मन्दिरमा आक्रमण गरेपछि पूजा रोकिएको थियो। पछि खुर्दाका रामचन्द्र देवले स्वतन्त्र राज्य स्थापना गरी मन्दिर पुनःस्थापना गरेका थिए।

धार्मिक महत्त्व
पुरीको जगन्नाथ मन्दिरलाई हिन्दू धर्मका चार धाममध्ये एक मानिन्छ। यहाँको रथयात्रा विश्वप्रसिद्ध छ, जसमा तीनै देवताको विग्रह भव्य रथमा नगरपरिक्रमा गर्छन्। साथै, मन्दिरको विशेष भोजन ‘महालप्रसाद’ ५६ प्रकारका भोगका रूपमा तयार गरिन्छ।

महाभारतसँग सम्बन्ध
महाभारतको वनपर्वमा जगन्नाथ धामको उल्लेख पाइन्छ। भनिन्छ, राजा इन्द्रद्युम्नले सपनामा भगवान जगन्नाथको दर्शन पाए पछि नीलगिरि पर्वतस्थित गुफामा पूजा भइरहेको मूर्ति नीलमाधवको स्थापना गरेका थिए।

मूर्तिहरू निर्माणको किंवदन्ती
विश्वासु नामक सबर जातिका प्रमुखको आराध्य नीलमाधव मूर्ति चोरी भए पछि भगवान आफैं दुःखी भई परत गए। पछि राजा इन्द्रद्युम्नले विशाल मन्दिर निर्माण गरेपछि समुद्रमा तैरिरहेको नीमको काठबाट मूर्ति बनाउन आदेश भयो।

भगवान विश्वकर्मा बृद्धको रूप धारण गरी मूर्ति बनाउन थाले तर अधुरै अवस्थामा अन्तर्ध्यान भए। यही अधुरा मूर्तिहरू नै आजसम्म मन्दिरमा प्रतिष्ठित छन्।

वास्तुकला र संरचना
जगन्नाथ मन्दिर कलिंग शैलीमा बनेको छ। करिब २१४ फिट अग्लो यो मन्दिर २० फिट अग्लो प्राचीरले घेरेको छ। मन्दिरको शिखरमा रहेको अष्टधातु निर्मित सुदर्शन चक्र (नीलचक्र) शहरको जुनसुकै स्थानबाट हेर्दा सधैं बीचमै देखिन्छ।

रत्न भण्डारको रहस्य
मन्दिर आफ्नो रथयात्रासँगै रत्न भण्डारका कारण पनि चर्चामा रहन्छ। यसलाई सन् १९०५, १९२६, १९७८ र पछिल्लो पटक जुलाई २०२४ मा खोलिएको थियो। तर यसको चाबी हराएको विषयले राष्ट्रिय चर्चा पाएको छ।

 

मन्दिरका रहस्यहरू
मान्यता अनुसार भगवान कृष्णले देहत्याग यहीं गरेका थिए र उनको हृदय आज पनि मूर्तिभित्र धड्किरहेको विश्वास छ।
सिंहद्वारभित्र छिर्नासाथ समुद्रको आवाज हराउने रहस्य छ।

मन्दिरको ध्वज हावाको विपरीत दिशामा फर्फराउने गर्दछ।

यहाँ पकाइने प्रसाद सातवटा भाँडामा एकमाथि अर्को राखेर तयार हुन्छ, तर पहिलो पकाउने शक्ति माथिल्लो सातौँ भाँडाबाट सुरु हुन्छ।

प्रत्येक १२ वर्षमा मूर्तिहरू बदलीन्छन् र यस क्रममा ‘ब्रह्म पदार्थ’ नयाँ मूर्तिमा स्थानान्तरण हुन्छ, जसको रहस्य अझै अज्ञात छ।
मन्दिरमा केवल सनातनी हिन्दू धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति छ। यही कारण पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई समेत प्रवेश दिइएको थिएन।

पुरीस्थित जगन्नाथ धाम आज पनि आस्था, रहस्य र इतिहासको अद्भुत संगमका रूपमा विश्वभर परिचित छ। यहाँ भारत नेपालका साथै संसारका धेरै देशबाट प्रत्येक बर्ष लाखौं मानिस दर्शन गर्न जाने गर्दछन् ।

स्थान र विस्तार
स्थान: मन्दिर श्रीक्षेत्र पुरीमा अवस्थित छ, जुन बंगालको खाडीको किनारमा बसेको छ।
परिसर: मन्दिरको सम्पूर्ण परिसर करिब ४,००,००० वर्ग फिट (३७,००० वर्ग मिटर) क्षेत्रमा फैलिएको छ र यो एक अग्लो पर्खालले घेरेको छ।
पर्खालहरू: परिसर दुईवटा प्रमुख पर्खालले घेरिएको छ: बाहिरी पर्खाललाई ‘मेघनाद पचेरी’ र भित्री पर्खाललाई ‘कूर्म बेधा’ भनिन्छ।

मन्दिरको संरचना:
मुख्य मन्दिर: मुख्य मन्दिर (रेखा देउला) वक्राकार शैलीमा बनेको छ र यो करिब ६५ मिटर (२१४ फिट) अग्लो पत्थरको जगमा निर्मित छ।
नीलचक्र: मुख्य मन्दिरको शिखरमा अष्टधातुबाट बनेको आठ तील भएको चक्र छ, जसलाई नीलचक्र भनिन्छ। यसलाई अत्यन्त पवित्र मानिन्छ।

अन्य संरचनाहरू: मुख्य मन्दिरभित्र विभिन्न भागहरू रहेका छन्—
देउल (गर्भगृह)
मुखशाला
नटमण्डप (दर्शक/नृत्य हल)
भोगमण्डप (प्रसाद हल)

भौगोलिक विशेषताहरू
समतल भन्दा डाँडाझैँ: मन्दिरको डिजाइन एउटा डाँडालाई घेरेर बनेका साना टाकुरा र टिलाहरूको समूह जस्तै देखिन्छ, जसका कारण यो निकै अग्लो संरचना जस्तो भान हुन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.