पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले एआई तथा नवप्रवद्र्धनात्मक प्रविधिहरुसँग विद्यार्थीहरुलाई जोड्दै उनीहरुको सिकाईलाई अझ प्रभावकारी बनाउन नेक्स्ट एआईसँग समझदारी (एमओयू) कायम गरेको बताइएको छ । इन्जिनियरिङ शिक्षाका लागि नेपालकै नमूना कलेजका रुपमा स्थापित नेकले अध्ययन गर्दागर्दै विद्यार्थीहरुलाई उद्योग र नवप्रर्वद्धन क्षेत्रमा जोड्नका लागि नेक्स्ट एआईसँग सहकार्य गरेको जनाएको छ ।
एमओयूमा कलेजको तर्फबाट कम्प्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख सहायक प्राध्यापक अंशु घिमिरे तथा नेक्स्ट एआईका संस्थापक क्षितिज रिमालले हस्ताक्षर गरेका छन् ।
“हाम्रा विद्यार्थीहरूको लागि कृत्रिम बुद्धिमत्ता र उदीयमान प्रविधिहरूको क्षेत्रमा इन्टर्नशिप सहित क्षमता विकासमा अवसरहरू सृजना गर्ने, उद्योग र प्राविधिक शिक्षालाई जोेड्न यो समझदारी गरिएको हो । यसले विद्यार्थी र उद्योग दुवैलाई फाइदा हुनेछ ।” कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले बताए ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा आजभन्दा ३१ वर्ष अगाडी स्थापित कलेजले विद्यार्थीको अध्ययन र सिकाईका लागि विभिन्न संस्था तथा उद्योगहरुसँग सहकार्य गर्दै आइरहेको बताइएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।
पूर्णकालिन फ्याकल्टी, आफ्नै सुविधा सम्पन्न पूर्वाधार सहित शान्त तथा हरियाली वातावरणमा अवस्थित यस कलेजले हरेक वर्ष सयौं विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

