आजदेखि बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि कम्पनीले अब सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ। यसमध्ये स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइसकेपछि अब १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन भदौ १९ गतेसम्म छिटोमा बन्द हुनेछ भने अत्यधिक आवेदन परेमा ढिलोमा भदौ ३० गते बन्द हुनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले CARE-NP Single B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
बुङ्गल हाइड्रोले सञ्चालन गरिरहेको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउण्टमा फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
