सागर डिष्टिलरी कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु
काठमाडौं । सागर डिष्टिलरी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले जारी पूँजी रु. ७२ करोड ६० लाखको २० प्रतिशतबराबर रु. १४ करोड ५२ लाख अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्दैछ।
यसमा १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको हो।
सर्वसाधारणले भदौ २५ गतेदेखि आवेदन दिन सक्नेछन्। आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा मागअनुसार आवेदन नपरेमा असोज ८ गतेसम्म अवधि थप हुनेछ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसमा नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
