सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाट क्षमताको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा बनेको आयोजनाको पहिलो ३४ मेगावाटको युनिट सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरी परीक्षण गरिएको हो।
कम्पनीका अनुसार पहिलो युनिट परीक्षण सफल भएपछि दोस्रो र तेस्रो युनिट पनि क्रमशः परीक्षण उत्पादनमा ल्याइनेछ। सबै युनिटको परीक्षण सफल भए असोजको पहिलो सातादेखि १५ दिनका लागि पूर्ण क्षमतामा परीक्षण उत्पादन गरिने र त्यसपछि असोज दोस्रो सातादेखि व्यावसायिक उत्पादन सुरु हुने तयारी छ।
आयोजनाबाट उत्पादित विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमार्फत बाह्रबिसे–३ पतालिमा रहेको सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो।
मध्य–भोटेकोसी आयोजनाको निर्माण कार्य २०७० सालमा सुरु भएको थियो। २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि २०७२ सालको भूकम्प, सोही वर्षको नाकाबन्दी, बाढी–पहिरो लगायतका कारणले निर्माण कार्यमा लामो ढिलाइ भएको थियो।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

