काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मुल्य दुई हजार ५७० कायम भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।