बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज (सोमबार) दिउँसो ४ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँट प्रक्रिया सम्पन्न गर्ने तयारी पूरा भइसकेको छ।
यस आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको करिब २ अर्ब ९८ करोड ६९ लाख रुपैयाँको आवेदन परेको छ। तर भाग्यवश ४ लाख ३४ हजार १०८ जनाले मात्र १० कित्ताका दरले सेयर पाउनेछन्। यसरी करिब २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुने भएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५८ लाख ६० हजार कित्ता साधारण सेयर नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते स्वीकृति पाएर निष्कासन गरेको हो। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता आईपीओ जारी गरी बाँडफाँट भइसकेको छ।
दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कर्मचारीलाई १ लाख ५८ हजार ८२० कित्ता छुट्याएर बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो। कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
बन्दीपुर केवलकार होटल तथा पर्यटन क्षेत्रको कम्पनी हो, जसले आईपीओमार्फत संकलित रकम पर्यटन पूर्वाधार विकासमा उपयोग गर्ने जनाएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
