अध्ययनका लागि एक महिनामा विदेशियो १४ अर्ब ३१ करोड
काठमाडौं । देशमै सुविधा सम्पन्न विश्वविद्यालय र कलेजहरू रहे पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो झन् बढ्दै गएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम शिक्षाका लागि विदेशिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
गत आवको सोही अवधिमा शिक्षातर्फ १४ अर्ब ९६ करोड खर्चिएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा थोरै कमी भए पनि रकम अझै उच्च स्तरमै रहेको देखिन्छ। त्यस्तै, चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले घटेर २१ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो व्यय २२ अर्ब ३२ करोड रहेको थियो।
समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोड घाटामा रह्यो। अघिल्लो वर्ष यस अवधिमा यो घाटा १५ अर्ब छ करोड थियो। तर, भ्रमण आय भने १२.७ प्रतिशतले बढेर पाँच अर्ब ३८ करोड पुगेको छ, जुन अघिल्लो वर्ष चार अर्ब ७७ करोड थियो।
विशेषज्ञहरूले शिक्षा र भ्रमणतर्फको उच्च खर्चलाई बाह्य क्षेत्रको चापको प्रमुख कारण मान्दै आएका छन्।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
