सरकारद्वारा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
काठमाडौं । सरकारका तर्फबाट सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान स्वरूप करिब १० अर्ब रुपैयाँ निकासा गरिएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमै उक्त रकम नेपाल राष्ट्र बैंकमार्फत वितरण गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार, शनिबारमात्रै ९ अर्ब ८० करोड रुपैयाँ सोधभर्ना स्वरूप राष्ट्र बैंकलाई पठाइएको हो। दोस्रो त्रैमासका लागि छुट्याइएको रकमलाई संशोधनमार्फत पहिलो त्रैमासमा सारिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि सात त्रैमाससम्म सहुलियतपूर्ण कर्जामा वितरण भएको कर्जाको ब्याज भुक्तानी रोकिएको अवस्थामा सरकारले ताजा निकासा गरी सो समस्या समाधान गर्न खोजेको हो। ब्याज भुक्तानी नपाउँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा प्रक्रिया प्रभावित हुँदै आएको थियो।
बैंक तथा वित्तीय संस्थामार्फत प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानी नेपाल राष्ट्र बैंकले लामो समयदेखि पाउन सकेको थिएन । ताजा निकासाले सहुलियतपूर्ण कर्जा सहज हुने अपेक्षा गरिएको छ ।
निर्मित कार्यविधिअनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा पाँच करोडसम्म, महिला उद्यमशीलता तथा स्टार्टअप व्यवसायमा २५ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्किएका वा शिक्षित युवाका योजनामा २० लाखसम्म र विपद् पीडितलाई आवास निर्माणका लागि पाँच लाखसम्म कर्जा उपलब्ध गराउन सकिन्छ ।
यस किसिमका कर्जामा तिर्नुपर्ने ब्याज सरकारले अनुदानमार्फत बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
