काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर दोश्रो दिन हरियालीमै देखिएको छ। आइतबार उच्च अंकले बढेको बजार सोमबार पनि ५८.६३ अंकले उकालो लाग्दै २६८२.२५ बिन्दुमा पुगेको हो।
आज २२८ कम्पनीका १ करोड १३ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २९ करोड रुपैयाँ नाघेको छ। सबै १३ उपसूचकहरू हरियालीमा देखिए, जसमा निर्जीवन बीमा समूह ३.४८५ ले उकालो लाग्दै सबैभन्दा बढी वृद्धि भएको हो।
लगातारको वृद्धिपछि लगानीकर्तामा उत्साह देखिएको छ भने विश्लेषकहरूले बजारमा स्थायित्व आउन थालेको संकेत मानेका छन्। यद्यपि, चाडपर्वको समय र संभावित माफिया चलखेलका कारण साना लगानीकर्तालाई सतर्क रहन सुझाव दिइएको छ।





