यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं । कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्म बुधबार रातिदेखि पानी पर्ने गतिविधि कम भए तापनि आज पुनः धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुने र एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको उनले जानकारी दिए।
असोज ९ गतेदेखि बंगालको खाडीमा एउटा पानी पार्ने प्रणाली विकसित भएको छ जसको आंशिक प्रभाव नेपालमा पनि पर्नसक्ने सम्भावना छ। यसले अझै केही दिनसम्म वर्षा निरन्तरता पाउन सक्ने मौसमविद्ले बताएका छन्।
तर उक्त प्रणालीको मुख्य प्रभाव बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालय क्षेत्रमा पर्ने सम्भावना छ भने नेपालको पूर्वी सीमासम्म मात्र आंशिक प्रभाव पर्ने देखिएको छ।
स्थानीय वायु सक्रिय रहँदा नेपालमा पनि विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेका कारण आज र आगामी दिनहरूमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
सम्बन्धित समाचार
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
