२०८२ असोज १० गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष–
भाग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ ।
वृष–
फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ ।
मिथुन–
आर्थीक पक्ष्य ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला । हातहतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला ।
कर्कट–
साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ । काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने देखिन्छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ ।
सिंह–
मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन, पढाइमा पनि प्रगति होला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ ।
कन्या–
तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला ।
तुला–
सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ, नचाइने ठाउमा धनको नाश होला । स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला, सामान्य रुघाखोकिले पनि सताउला ।
वृश्चिक–
रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होला । कामहरु आज सजिलै संग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ ।
धनु–
अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ । व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । मनोरंजनको समय रहेकोछ ।
मकर–
खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ ।
कुम्भ–
खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला ।
मीन–
व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला । नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा समय बिताए मन खुशी हुने छ, मनलाएर काम गर्नु होला ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

