आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गर्दै देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमीका अवसरमा देवी महागौरीको विशेष पूजा आराधना हुँदैछ। नवरात्रभर शक्तिस्वरूपा दुर्गा देवीका विभिन्न नौ रूपहरूको पूजा गर्ने परम्पराअनुसार आज महागौरीको पूजा गरिंदैछ।
धार्मिक विश्वास अनुसार देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मानिन्छ। यही आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्।
नवरात्रभर गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ। यही शृंखलामा नेपालीहरूले १५ दिनसम्म बडादशैं पर्व भव्य रूपमा मनाउने परम्परा छ।
नवरात्रको अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआराधना र दर्शन गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ। काठमाडौं उपत्यका लगायत देशका प्रमुख देवी मन्दिरहरूमा आज बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। यी नव रूपहरूलाई ‘नवदुर्गा’ पनि भनिन्छ।
सातौं दिन अर्थात् फूलपातीदेखि सुरु भएको सार्वजनिक बिदाका कारण देशभर दशैंको विशेष रौनक बढेको छ। यही दिनदेखि शक्तिपीठमा भक्तजनको भीड झनै बढ्ने गरेको छ।
सम्बन्धित समाचार
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
ट्रेन्डिङ
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने


