अख्तियारमा चालु आर्थिक वर्षमा ६ हजार ७८६ उजुरी, साउनमा मात्र ३ हजार ९२२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती तीन महिनाभित्र हालसम्म ६ हजार ७८६ वटा उजुरी दर्ता भएका छन्। आयोगका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमै मात्रै ३ हजार ९२२ वटा उजुरी प्राप्त भएका थिए। तीमध्ये आयोगको वेबसाइटमार्फत १ हजार १७६ उजुरी दर्ता गरिएका थिए। आयोगले आफ्नै वेबसाइट, ईमेल, टेलिफोन, हुलाक र प्रत्यक्ष लिखित निवेदनमार्फत उजुरी संकलन गर्दै आएको छ।
साउन महिनामा उजुरी संकलनमा ईमेलमार्फत ९४३, लिखित निवेदन ८८९, हुलाकमार्फत ६५३, टेलिफोनमार्फत १५१ वटा भएको छ । भदौ महिनामा आयोगमा २ हजार २७६ उजुरी दर्ता भएका छन्। तीमध्ये वेबसाइटमार्फत ७१७, लिखित निवेदन ५२४, ईमेलमार्फत ५२४, हुलाकमार्फत ३६६,असोज १३ गतेसम्म आयोगमा थप ५८८ वटा उजुरी दर्ता भएका छन्।
अख्तियारले उजुरीहरूको विश्लेषणका आधारमा सरकारी निकायहरूमा भइरहेको दुरुपयोग, ढिलासुस्ती र अनियमितताविरुद्धको सार्वजनिक चासो तीव्र बनेको संकेत दिएको छ। आयोगले उजुरीहरूको छानबिनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

