बाढीपहिरोले १३ हाइड्रोपावर बन्द, १०५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प
काठमाडौं । इलाममा अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लास्थित १३ वटा जलविद्युत् आयोजना बन्द भएका छन्। ती आयोजना बन्द हुँदा कुल १०५.४ मेगावाट विद्युत् उत्पादन तत्कालका लागि पूर्णरूपमा ठप्प भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्रभावित आयोजनाहरूमा ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका परियोजना छन्।
यस्तै, पाँचथर, इलाम र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन रहेका जलविद्युत् आयोजनाहरू पनि गम्भीर रूपमा प्रभावित भएका छन्। मन्त्रालयका अनुसार निर्माणाधीन ५ मध्ये ४ आयोजना डिले हुनेछन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ले पनि १३ आयोजना बन्द भई १०५.४ मेगावाट विद्युत् उत्पादन रोकिएको पुष्टि गरेको छ। साथै, निर्माणाधीन अवस्थामा रहेका ५ जलविद्युत् आयोजना (कुल ९३ मेगावाट क्षमता) मा पनि बाढी र पहिरोले क्षति पुर्याएको जनाइएको छ।
ऊर्जा मन्त्रालय र इप्पानले संयुक्त रूपमा क्षतिको मूल्याङ्कन सुरू गरेका छन्। यस अवस्थाले निकट भविष्यमा राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति घट्ने, तथा केही क्षेत्रमा लोड व्यवस्थापनको चुनौती आउन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
