रोशन पोखरेल,
डा. गोविन्द केसी मेडीकल शिक्षाको बेथिती विरुद आठौ पटक अनसन बसीरहेका छन् । उनको अनसनलाई लिएर समर्थन गर्ने मानिसको संख्या ठूलो छ भने कोही उनलाई पागल बुढो समेत भन्न थालीसकेका छन् । स्वास्थ्य क्षेत्रमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बढाएको हस्तक्षेप विरुद महाअभियोगको माग उनले गरेका छन् । पछिल्लो पाँच वर्ष देखी गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको सहज पहुचको माग गर्दै उनी पटक पटक अनसन बसेरहेका छन् । उनले अनसन बस्दा सरकार बाध्य भएर सम्झौता गर्ने गर्छ तर जुन सुकै सरकारले सम्झौता गरिएको कागजलाई कागजको टुक्रा सम्झी फोहोर फाल्ने भाडोमा फालेको जस्तो देखीन्छ । हाल केसीको समर्थनमा दिनहु कालो पट्टी बाध्ने, दिप प्रज्वलन गर्ने, आन्दोलनको समर्थनमा हस्ताक्षर संकलन र बृह्त ल्याली समेत भइरहेको छ । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले अनसन प्रति एक्यवदता जनाउदै डा. केसीको माग पूरा गर्न सरकारसँग अपिल गरेको छ तर आफैलाई मत दिने जनतालाई विर्सने नेताहरुले डा. केसीको माग प्रति हात्तिले देखाउने व्यवहार जस्तो देखाएका छन् भन्दा अत्तियुक्ती नहोला । डा. केसीले स्वास्थ्य संस्थामा हावी राजनितिकरण विरुद आवाज उठाए, मुलुकको सबैभन्दा पूरानो र भरपर्दो चिकित्साशास्त्र अध्ययन संस्थानको प्रवेशपत्र विक्री देखी लिएर अन्य भष्ट्र र अनैतिक क्रियाकलाप, बेथिती, बिसंगती विरुद उभिए, तिनै व्यक्ती आज आफ्नै अस्पताल परिसर भित्र आठौ पटक अनसन बस्न बाध्य बनेका छन् । हाल डा. केसीको माग भित्र आफ्नो स्वार्थ प्रतिकुल देखे समर्थन गर्ने नभए विरोध गर्ने प्रविती बढेको पाइन्छ । यहाँ सबैभन्दा ठूलो समस्या राज्य वा सरकारले गरेको छ, जसले कार्यान्वयन नगर्ने मनसाय या नियत बोकेर पटक पटक सहमती गरी कार्यान्वयन गरेको देखिदैन । साठी वर्ष पुग्न थालेका डा. केसीले अब कति पटक अनसन बस्न सक्लान र रु विगतका अनसनहरु नागरीक समाजको मध्यस्थतामा टुंगोमा पुगेको थियो तर यसपालीको अनसन राजनीतिक पाटीहरुले सदाको निम्ती अन्त्य गर्ने सहमती गर्नु पर्ने देखिन्छ । अहिले देखीएको राजनीतिक खिचातानीलेचाडै सहमती हुने देखिन्न तर हामी नेपाली जनता अबको बाटो कता मोडीनेछ भन्ने ध्यानमा मग्न भइरहेका छौ