नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
जानकारी केन्द्र
२०८३, बैशाख, २२
काठमाडौं । नेपालको शेयर बजारमा आज उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.७८ अंकले वृद्धि हुँदै २७१२.८६ बिन्दुमा पुगेर बन्द भएको छ। आजको कारोबारमा ३३५ वटा कम्पनीका ७७ करोड ३४ लाख कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ पुगेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता देखाएको छ।
उपसूचकतर्फ भने मिश्रित अवस्था देखिएको छ। ६ वटा उपसूचक ओरालो लाग्दा केही क्षेत्रमा दबाब देखिएको हो। यस्तै, कुल ७ कम्पनीको शेयर मूल्य घटेको उल्लेख छ। कारोबारका आधारमा मंगलबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ। साथै, १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
बजारमा हरियाली देखिए पनि केही उपसूचकमा आएको गिरावटले लगानीकर्तालाई सतर्क रहन संकेत गरेको देखिएको छ।
सम्बन्धित समाचार
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
